कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

दिल्ली उड्नै लागेको भिस्ताराको जहाज डाइभर्ट 

भाद्र २८, २०८१
दिल्ली उड्नै लागेको भिस्ताराको जहाज डाइभर्ट 

Highlights

  • शुक्रबार दिल्ली उड्नै लागेको जहाज पुनः पार्किङ–वेमै फर्किएको छ ।

काठमाडौँ — जहाजको बोर्डमा बसेका डायबिटिजका यात्रुको सुगर एकाएक बढेर अप्ठ्यारो भएपछि शुक्रबार दिल्ली उड्नै लागेको जहाज पुनः पार्किङ–वेमै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, ११:३० बजे दिल्ली फर्किने तालिका रहेको भिस्ताराको ‘यूके–१५८’ उडान नम्बर भएको न्यरोबडी धावनमार्गको टेकअफ विन्दुमा पुगेर पुन: पार्किङ वेमै फर्किएको हो ।

१ सय ६१ जना यात्रु राखेर दिल्ली जान लागेको जहाजभित्र रहेकी एक महिला यात्रुले आफूलाई सुगर बढेका कारण अप्ठ्यारो भएको जानकारी दिएपछि चालक दलले जहाज उडिसकेपछि पायक पर्ने अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्दा चुनौती थपिने भएकाले काठमाडौंमै ओराल्ने निर्णय लिएका हुन् ।

विमानस्थलका निर्देशकसमेत रहेका शेर्पाले ती यात्रुलाई जहाजबाट झारे लगत्तै एम्बुलेन्समा राखेर सिनामंगलस्थित काठमाठडौं मेडिकल कलेजमा पठाइएको बताए ।

‘पार्किङ वेमा बिरामीलाई झारेर भिस्तारा दिल्ली उडिसक्यो,’ शेर्पाले भने । दिल्ली–काठमाडौं दैनिक दुई वटा उडान गर्ने भिस्ताराको शुक्रबारको यो पहिलो उडान हो ।

प्रकाशित : भाद्र २८, २०८१ १२:३८
×