कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

फेरि सर्‍यो पत्रकार महासंघको चुनाव

भाद्र २८, २०८१
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव

काठमाडौँ — नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । केन्द्रीय साधारणसभा सम्पन्न भइसक्दा पनि मतदाता नामावलीमा भएको विवादका कारण महासंघको निर्वाचन हुन सकेको छैन ।

अध्यक्ष विपुल पोखरेलको राजीनामापछि उत्पन्न अन्योलका बीच महासंघले निर्वाचनको नयाँ मिति प्रस्ताव गरेको हो । कार्यवाहक अध्यक्ष रमेश विष्टले १२ असोजमा निर्वाचन गर्ने गरी नयाँ तालिका ल्याउन निर्वाचन समितिलाई पत्राचार गरिएको बताए ।

‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ,’ कार्यवाहक अध्यक्ष विष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

उनका अनुसार शुक्रबारै निर्वाचन समितिलाई मतदाता नामावली समेत हस्तान्तरण गरिएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १५:१४
×