कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

संविधान संशोधन हुने अवस्था छ : देउवा 

भाद्र १४, २०८१
संविधान संशोधन हुने अवस्था छ : देउवा 

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताए । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे ।

सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्ने गरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए । संविधानका आधारभूत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो संशोधन गर्ने उनको भनाइ थियो ।

उनले संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानवअधिकार पहिलो प्राथमिकता भएको बताए । अरु देशको तुलनामा अझ बढी प्रगतिशील लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘कतिपय कुरा यो संविधानमा संशोधन हुन सक्ने अवस्था छ । कति कुराहरु आवश्यक पर्‍यो भने, सबैले ठान्यो भने संशोधन हुन सक्छन् ।'

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने सभापति देउवाको भनाइ छ । नेपाललाई गरिबीमुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने उनले बताए ।

प्रकाशित : भाद्र १४, २०८१ १९:१०
x
×