कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

ओली र देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेकालाई रिहा गर्न अखिल (क्रान्तिकारी) माग

भाद्र १४, २०८१
ओली र देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेकालाई रिहा गर्न अखिल (क्रान्तिकारी) माग

काठमाडौँ — माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)ले गौरा पर्वमा सहभागी भएका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेकालाई रिहा गर्न माग गरेको छ ।

क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले शुक्रबार विज्ञप्ति जारी गरी शान्तिपूर्ण धर्ना, जुलुस, विरोध प्रदर्शन गर्न पाउनु नागरिकको संवैधानिक अधिकार भएको उल्खेख गर्दै विरोध गरेकै कारण युवाहरुलाई बिनाकारण हिरासतमा राखेर सरकारले निरंकुश चरित्र प्रदर्शन गरेको बताएकी छन् ।

‘युवाहरुले विरोध गरेकै कारण लगाइएको झुटा मुद्दा तत्काल खारेज गरी बिनाशर्त हिरासतमा भएका युवाहरूलाई २४ घण्टाभित्र रिहाई गर्नको निम्ति अखिल (क्रान्तिकारी) जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ गरिएका युवाहरुलाई बिनासर्त तत्काल रिहाई नगरे हाम्रो संगठन चरणबद्ध आन्दोलनमा उत्रने जानकारी गराउन चाहन्छौं ।’

सोमबार ओली र देउवाविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बुद्धराम जैसी, रामबहादुर बुढा र दीपक सिंहलाई पक्राउ गरेको थियो । उनीहरुलाई सार्वजनिक शान्ति विथोलेको कसुरमा प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित : भाद्र १४, २०८१ २०:२९
x
×