कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

माओवादी संविधान संशोधनबाट भाग्दैन : दाहाल

भाद्र ११, २०८१
माओवादी संविधान संशोधनबाट भाग्दैन : दाहाल

काठमाडौँ — प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी संविधान संशोधनबाट नभाग्ने बताएका छन् ।

संविधानका हरेक धारा र बुँदामा छलफल गरेर संविधान संशोधन गर्न तयार रहेको बताए । प्रतिनिधिसभाको बैठकमा बोल्दै समावेशी र समानुपातिक अधिकार खोस्ने प्रयास भए त्यसको प्रतिवाद गर्ने दाबी समेत गरे ।

‘माओवादी केन्द्रको अध्यक्ष र प्रमुख प्रतिपक्ष दलको नेताका रुपमा तपाईंहरूलाई बचन छ मेरो, माओवादी संविधान संशोधनबाट भाग्दैन । यो सम्मानित संसद्मा संविधानका एक एक बुँदा, एक एक धारा र एक एक दफामा छलफल गर्न माओवादी केन्द्र तयार छ,’ उनको भनाइ छ, ‘तर, उत्पीडित वर्ण, वर्ग र समुदायले असाध्यै ठूलो बलिदानपछि प्राप्त गरेका समावेशी र समानुपातिक अधिकार खोस्ने दुःसाहस भए हामी डटेर प्रतिवाद गर्नेछौं ।’

उनले संविधान संशोधन सीमान्त वर्गका अधिकार खोस्न खोजेको बताए ।

‘तपाईहरू सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्तावेज फेरि उल्टाउन थाल्नुभयो,’ उनले आन्दोलनको तयारीमा रहेका बताउँदै भने, ‘माओवादीको ध्यान अब सत्तामा छैन, तपाईंहरूको षड्यन्त्रको प्रतिरोधमा छ । आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं ।’

प्रकाशित : भाद्र ११, २०८१ १४:२८
x
×