कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

आज दरबार मार्गमा ‘नेसनल डे  कन्सर्ट’

आज दरबार मार्गमा ‘नेसनल डे  कन्सर्ट’

काठमाडौँ — सरकारले बिहीबार संविधान दिवसको सन्दर्भमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका लागि दरबारमार्ग क्षेत्रमा सडक ठप्प पारिएको छ । त्यहाँ ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाइएको छ । बुधबार स्टेज निर्माण भइरहेका बेला ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारीसाधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारीसाधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै आसपास क्षेत्रमा जाम देखिएको थियो । सरकारले संविधान दिवसको अवसरमा बिहीबार बिहान मूल समारोह सैनिक मञ्च टुँडिखेलमा गर्ने र दिउँसो ४ बजे नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने जनाएको छ ।


प्रकाशित : आश्विन ३, २०८१ ०६:१८
x
×