कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

मुस्ताङको थासाङमा हिमपहिरो

भाद्र ७, २०८१
मुस्ताङको थासाङमा हिमपहिरो

Highlights

  • मुस्ताङको धौलागिरी आईसफलमा हिमपहिरो खस्दा बोक्सीखोला थुनियो, ठूलो जोखिम नरहेको अनुमान

म्याग्दी — धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका-२ मा पर्ने बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकीमा मिसिने एउटा हिमाली खोला हो । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आईसफलबाट खसेको हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खसेको छ । जसकारण बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको छ ।

उनका अनुसार ठाडो खोला थुनिएपनि तल्लो तटीय बस्तीमा उच्च जोखिम छैन । तर त्यसक्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उनले जानकारी दिए ।


मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको बताए ।

प्रकाशित : भाद्र ७, २०८१ १५:२७
x
×