कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

आँबुखैरेनी दुर्घटना : भारतको गोरखपुरबाट पर्यटक लिएर आएको थियो बस

भाद्र ७, २०८१
आँबुखैरेनी दुर्घटना : भारतको गोरखपुरबाट पर्यटक लिएर आएको थियो बस

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा दुर्घटना भएको बसले भारतको गोरखपुरबाट पर्यटक लिएर आएको खुलेको छ । दुर्घटनामा परेको केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अझै पनि उद्धार कार्य चलिरहेको छ ।

प्रहरीका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । बसमा अन्दाजी ४० जना यात्रु रहेका थिए । जसअनुसार अझै १० जना यात्रुहरु बेपत्ता रहेका छन् ।

प्रकाशित : भाद्र ७, २०८१ १४:००
x
×