कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

संसद्का कर्मचारीको आन्दोलनबारे राष्ट्रिय सभा अध्यक्ष र अर्थमन्त्रीसँग सभामुखको छलफल

संसद्का कर्मचारीको आन्दोलनबारे राष्ट्रिय सभा अध्यक्ष र अर्थमन्त्रीसँग सभामुखको छलफल

काठमाडौँ — संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख निवासमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।

कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग पनि छलफल गरेका छन् । आज नै संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ ।

महत्त्वपूर्ण छलफल भइरहेकाबेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएको सचिवालयले जनाएको छ ।


प्रकाशित : असार ६, २०८१ ०८:२८
x
×