कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

प्रिमियम अडियो र लाइफ स्टाइल उत्पादन ल्याउँदै बोट 

भाद्र २२, २०८१
प्रिमियम अडियो र लाइफ स्टाइल उत्पादन ल्याउँदै बोट 

काठमाडौँ — भारतीय अडियो र वेयरेवल ब्रान्ड बोटले कम्पनीका थप उत्पादन नेपाली बजारमा ल्याउने भएको छ ।

०७९ सालमा नेपाली बजारमा भित्रिएको उक्त ब्रान्डले व्यापार वृद्धि गरेसँगै थप प्रिमियम अडियो र लाइफ स्टाइल उत्पादन ल्याउने योजना अघि सारेको कम्पनीले जनाएको छ ।

उक्त ब्रान्डले नेपालमा टेलिकम कम्पनीसँग सहकार्य गरेर नयाँ प्रविधियुक्त अडियो र लाइफ स्टाइल उत्पादनको बजारीकरण बलियो बनाउने योजना लिएको बताइएको छ । बजारमा उक्त ब्रान्डको टीडब्लूएस मोडल, निर्भना आईओएन, एयरडप सुप्रिम तथा एयरडप ९१, कल २ स्मार्ट वाच र पावर बैंकलगायत उपत्पादन उपलब्ध छन् ।

कम्पनीले भदौ २६ सम्मका लागि अनलाइन सपिङ दराजमा ७० प्रतिशतसम्मको छुट दिनेसमेत जनाएको छ ।

प्रकाशित : भाद्र २२, २०८१ १०:५०
x
×