कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

राष्ट्रिय वाणिज्य बैंक, कर्जा सुरक्षण कोष र प्रतिष्ठानबीच कर्जा सम्झौता

भाद्र १९, २०८१
राष्ट्रिय वाणिज्य बैंक, कर्जा सुरक्षण कोष र प्रतिष्ठानबीच कर्जा सम्झौता

काठमाडौँ — स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच छुट्टाछुट्टै सम्झौता भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा सोमबार स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच छुट्टाछुट्ट्रै सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१ अनुसार स्टार्टअप उद्यमीहरूलाई प्रदान गरिने कर्जाको सुरक्षण गर्ने व्यवस्था भएबमोजिम कर्जा सुरक्षण गर्ने सम्बन्धमा प्रतिष्ठान र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक गुप्ता र कोषका तर्फबाट कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरे ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:३०
x
×