कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

लिटमसको ‘वायरिङ दमदार,घर सानदार’ योजना

भाद्र १९, २०८१
लिटमसको ‘वायरिङ दमदार,घर सानदार’ योजना

काठमाडौँ — लिटमस केबल्सले ‘वाइरिङ दमदार, घर सानदार’ योजना ल्याएको छ । लिटमसले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी उपभोक्ताहरूका लागि उक्त योजना ल्याएको हो ।

उक्त योजनाअन्तर्गत पाँच जना भाग्यशाली विजेताले हरेक साता एयर पड्स, ड्रिल मसिन, राइस कुकर, ब्याग प्याक र इलेक्ट्रिक केटल जित्न सक्नेछन् । यस योजनामा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँ बराबरको लिटमल केबल खरिद गर्नुपर्नेछ ।

साथै ग्राहकले भ्याट बिलसहित केबलको वायरिङ गरिएको घरको फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी कम्पनीको ह्वाट्सएपमा पठाउनुपर्ने जनाइएको छ ।

योजनाको बम्पर उपहारमा ग्राहकले टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर र मोबाइल फोन उपहार जित्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त योजना असोज ३० गतेसम्म लागू हुनेछ ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:३२
x
×