कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

फोन पेको ‘बोहनी’ क्यूआर

भाद्र १८, २०८१
फोन पेको ‘बोहनी’ क्यूआर

ललितपुर — फोन पेले ‘बोहनी, फोन पे क्यूआरबाटै’ पहल सुरु गरेको छ । व्यवसायमा हुने पहिलो भुक्तानी अर्थात् ‘बोहनी’ लाई डिजिटल माध्यममा ल्याउन उक्त पहल सुरु गरेको हो ।

यस पहलमार्फत ग्राहकले फोन पेको क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यस पहलले व्यवसायीहरूको बिहानको समयमा हुने स–साना कारोबारलाई सहज बनाइदिने कम्पनीको दाबी छ ।

यस पहलमा सहभागी हुन फोन पे बिजनेस एपमा लगइन गर्नुपर्नेछ । यस पहलअन्तर्गत एक भाग्यशाली विजेताले नयाँ विद्युतीय स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ ।


प्रकाशित : भाद्र १८, २०८१ ०६:१७
x
×