कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

ओटीए प्लाटफर्म ‘ट्रिप टर्बो’ सञ्चालनमा 

भाद्र १८, २०८१
ओटीए प्लाटफर्म ‘ट्रिप टर्बो’ सञ्चालनमा 

काठमाडौँ — अनलाइन ट्राभल एग्रिगेटर (ओटीए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सञ्चालनमा आएको छ । प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एन्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्नेछन् ।

एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङलगायत सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए । साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङलगायत थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ ।

ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एन्ड ट्राभल्सको भगिनी कम्पनी हो । ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो

टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ । परीक्षणका रुपमा २०२४ जनवरीबाट सुरु गरिएको यो एप अब भने पूर्ण सञ्चालनमा आएको हो ।

प्रकाशित : भाद्र १८, २०८१ ०६:१६
x
×