कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

नाडामा एमएडब्लू ग्रुपका हजारभन्दा बढी सवारी बिक्री

भाद्र १८, २०८१
नाडामा एमएडब्लू ग्रुपका हजारभन्दा बढी सवारी बिक्री

काठमाडौँ — एमएडब्लु ग्रुपले ‘नाडा अटो सो २०२४’ मा एक हजार थानभन्दा बढी दुई तथा चारपांग्रे सवारीसाधन बिक्री भएको जनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा ६ दिन चलेको उक्त अटोमा कम्पनीले हजारभन्दा सवारीसाधन बिक्री भएको दाबी गरेको हो ।

कम्पनीले यामाहाको दुईपांग्रे तथा सोकोन, डोङफोङ, नामी, चाङ्गन, दिपल, अवतार र सेरेस ब्रान्डका चारपांग्रे सवारी प्रदर्शनीमा थिए ।

कम्पनीको उक्त सफलतापछि उत्साह थपिएको कम्पनीका निर्देशक विष्णु अग्रवालले बताए । ‘नाडा अटो सोमा ग्राहकले देखाउनुभएको उत्साह र यसको सफलताको घोषणा गर्न पाउँदा धेरै हर्षित छौं,’ उनले भने, ‘यसले ग्राहकहरूको अपेक्षालाई पूरा गरेको विश्वास गरेका छौं ।’

प्रकाशित : भाद्र १८, २०८१ ०६:१८
x
×