कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

ग्लोबल आईएमई बैंकको जुनियर एप 

भाद्र १८, २०८१
ग्लोबल आईएमई बैंकको जुनियर एप 

काठमाडौँ — ग्लोबल आईएमई बैंकले ‘ग्लोबल जुनियर एप’ सार्वजनिक गरेको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्ष्य गरी बैंकले उक्त एप सार्वजनिक गरेको जनाएको छ ।

बैंकले बालबालिकामा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न उक्त एप सार्वजनिक गरेको हो । यसमा डिजिटल बैंकिङको अनुभव लिने गरी ल्याइएको बैंकको उक्त एपमार्फत तोकिएको उमेर समुहका बालबालिकाले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा बचत रकमलाई खर्च गर्न सक्नेछन् ।

उक्त एपमा अभिभावकको पूर्ण नियन्त्रण रहने र बालबालिकामा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकाससमेत हुने बैंकको दाबी छ । उक्त एप बालबालिकाले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ता अभिभावकको समन्वयमा सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रकाशित : भाद्र १८, २०८१ ०६:१८
x
×