कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ : कृषिमन्त्री 

भाद्र १८, २०८१
निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ : कृषिमन्त्री 

काठमाडौँ — निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् ।

‘न्यून आय भएका किसानलाई सरकारसँग जोडेर कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण छ,’ मुक्तिनाथ कृषि कम्पनीको छैटौं वार्षिकोत्सवका अवसरमा मन्त्री अधिकारीले भने, ‘रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित तथाा संस्थागत गर्ने, चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेका छौं ।’

कार्यक्रममा योजना आयोगका सदस्य जयबहादुर टण्डनले निजी क्षेत्रको लगानी आकर्षित गर्न बलियो नियमनकारी निकाय आवश्यकता रहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढी सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमाथि वक्ताहरूले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकार औद्योगिक आयोजनाको विकासमा, स्थानीय तह उत्पादन र वितरणमा लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित : भाद्र १८, २०८१ ०६:१६
x
×