कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु

भाद्र १६, २०८१
'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु

Highlights

  • महोत्सव अवधीमा नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौँ — नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आगामी भदौ १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन् ।

काठमाडौँ उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।

पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा 'ह्युमन बिल्बोर्ड' डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।

पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टा भित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भैसक्ने पठाओले जनाएको छ ।२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढि डेलिभरी गर्ने गरेको हमालले बताइन् ।

पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आइओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् । त्यस्तै, pathao.parcel.com बाट पनि एप डाउनलोड गर्न सकिन्छ ।

पठाओ पार्सलमा आवद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् ।नेपालका सबैजसो प्रमुख सहरमा आफ्नै नेटवर्क रहेकाले पठाओ पार्सल देशकै ठूलो डेलिभरी कम्पनी भएको हमलको दाबी छ ।

प्रकाशित : भाद्र १६, २०८१ १५:१६
x
×