कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

बजारमा एभरेडीको अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च 

भाद्र २८, २०८१
बजारमा एभरेडीको अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च 

काठमाडौँ — एभरेडी इन्डस्ट्रिज इन्डियाले नेपाली बजारमा अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च भित्र्याएको छ । कम्पनीले पछिल्लो आविष्कार नयाँ र सुधारिएको अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च बजारमा ल्याएको हो ।

काठमाडौंमा बिहीबार आयोजित एक समारोहबीच कम्पनीले उक्त दुई नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गर्‍यो । एभरेडीको अल्टिमा ब्याट्रीमा चार सय गुणा बढी कार्यक्षमता प्रदान गर्ने र आठ सय प्रतिशत लामो कार्यसम्पादन गर्ने क्षमता रहेको दाबी गरिएको छ ।

यी दुई उत्पादनले नेपालमा ग्राहकको बढ्दो आवश्यतालाई परिपूर्ति गरी व्यक्तिगत सुरक्षा तथा दैनिक जीवनलाई उन्नत बनाउने एभरेडीका एसबीयू प्रमुख (ब्याट्रिज एन्ड फ्ल्यासलाइट) एवं वरिष्ठ उपाध्यक्ष अनिर्वान बेनर्जीले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:५०
×