कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

केई गाडीको टेस्ट ड्राइभ योजना 

भाद्र २८, २०८१
केई गाडीको टेस्ट ड्राइभ योजना 

काठमाडौँ — नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले भदौ २९ र ३० मा उक्त कार्यक्रम आयोजना गर्ने बताएको हो ।

उपभोक्ताले काठमाडौं, नक्साल र थापाथलीमा रहेका केईका सोरुममा गई टेस्ट ड्राइभको अनुभव लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले भदौ २९ मा थापाथली र ३० मा नक्साल सोरुममा गई केईको एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई–क्युट ०४ र ई–क्युट ०२ गाडीको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:४९
×