कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सूर्य ज्योति लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्ताहरू सम्मानित

भाद्र १६, २०८१
सूर्य ज्योति लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्ताहरू सम्मानित

काठमाडौँ — सूर्य ज्योति लाइफ इन्स्योरेन्सले आफ्ना उत्कृष्ट एजेन्सी प्रबन्धक र अभिकर्ताहरूलाई सम्मान गरेको छ । हालै सम्पन्न ‘एजेन्सी अवार्ड नाइट–२०८१’ कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरूलाई सम्मानित गरेको हो ।

कम्पनीले देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड र ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मान गरेको थियो ।

व्यक्तिगत कोडमा बुटवल पाल्पा रोड शाखा अन्तर्गत कार्यरत कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायमा कोहलपुर शाखा अन्तर्गत कार्यरत गौरव कुमार शाहीलाई अवार्ड ट्रफि र नगदसहित सम्मानित गरिएको थियो ।

देशभरबाट सर्वाधित व्यवसाय, अभिकर्ता नियुक्ती र बिमा लेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।

प्रोडक्ट एम्बासडर अन्तर्गत ‘सजिलो भुक्तानी बीमा योजना ’ र सावधिक जीवन बीमा योजना अन्तर्गत क्रमशः गौरव कुमार शाही र सिर्जना पन्तलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त अवसरमा कम्पनीले एमडीआरटी २०२५ का क्वालिफायर्स र चेयरम्यान क्लब अन्तर्गतका ५२ जनालाई समेत सम्मान गरेको थियो । कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो ।

कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने तथा अभिकर्ता नियुक्ति गर्ने र बिमालेख जारी गर्ने शाखामध्ये क्रमश: बुटवल पाल्पारोड शाखा र जनकपुर मिल्सरोड शाखालाई शिल्डसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका संचालक द्वय हेमन्त नाहाटा र चुडामणि देवकोटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र वरिष्ठ प्रमुख नायब कार्यकारी अधिकृत पवन कुमार खड्का लगायतले सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा चिफ बिजनेश अफिसर पर्शुराम मरासिनीले गत आर्थिक वर्षको व्यावसायिक समीक्षा र आगामी वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै आगामी वर्षको लक्ष्य प्राप्त गर्न आजै देखि सबै जनाले अठोट लिएर लाग्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा वरिष्ठ प्रमुख नायव कार्यकारी अधिकृत पवनकुमार खड्काले ‘एजेन्सी अवार्ड नाइट-२०८१’लाई भव्य रुपमा सफल बनाउन साथ र योगदानगर्ने सम्पूर्णलाई बधाई दिएका थिए ।

कार्यक्रमका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले 'जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीका रुपमा स्थापित गर्नका लागि ३ मूलमन्त्र अभिकर्ताहरुले आफ्नो टीम विस्तार गर्नु ,कर्मचारीहरुले उत्कृष्ट सेवा उपलब्ध गराउनु र कम्पनीले बिमितहरुका लागि दरिलो बिश्वास दिएर अघि बढेको खण्डमा सफलता अवश्य हासिल हुने बताए ।

प्रकाशित : भाद्र १६, २०८१ १५:४४
x
×