कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उद्योगीलाई प्रोत्साहन गर्ने नीति ल्याउँछौं : अर्थमन्त्री

भाद्र १५, २०८१
उद्योगीलाई प्रोत्साहन गर्ने नीति ल्याउँछौं : अर्थमन्त्री

तिलोत्तमा — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशका उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

यही विषयमा केन्द्रित भएर हरेक दिन उद्योगीसँग अन्तर्क्रिया गरिरहेको उनको भनाइ छ । रुपन्देहीमा आयोजित नेपाली उद्यमी मन्चको सातौं राष्ट्रिय नेतृत्वसिप सम्मेलन उद्घाटन कार्यक्रममा पौडेलले यही सरकारबाट नै स्थिरता सम्भव रहेको दाबी गरे ।

‘पछिल्लो निर्वाचनबाट अहिलेको संसद्मा रहेको सबै खालका गठबन्धनको अभ्यास गरेर असफल भएपछि कांग्रेस–एमालेको सरकार बनेको हो, अहिलेको संसद्मा योभन्दा बलियो सरकार बन्न सक्दैन,’ उनले भने, ‘सबै प्रयोगबाट असफलको शिक्षा लिएर यो सरकार बनेको हो, यसैबाट स्थिरता सम्भव छ, नीतिको स्थिरता दिन खोजिएको छ ।’

मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकाले सरकार दबाबमा रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । यसमा सुधार ल्याउन सरकारले केही योजना अगाडि सारेको समेत उनले जनाए ।

प्रकाशित : भाद्र १५, २०८१ ०९:१७
x
×