कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उलिङ बिंगो ईभीमा नाडा–दसैं योजना 

भाद्र १५, २०८१
उलिङ बिंगो ईभीमा नाडा–दसैं योजना 

काठमाडौँ — नेपालमा उलिङ मोटर्सको अधिकृत वितरक एवम् आयातक पारामाउन्ट मोटर्सले उलिङ बिंगो ईभीमा नाडा–दसैं योजना ल्याएको छ ।

उलिङ बिंगो ईभी एउटा प्रिमियम इलेक्ट्रिक ह्याचब्याक रहेको र यो अफर सीमित समयका लागि ल्याइएको कम्पनीले जनाएको छ । नाडा–दसैं योजनाका अवसरमा उलिङ बिंगो ईभी २९ लाख ९९ लाखमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

साइजमा सानो तर प्रशस्त स्पेस, मजबुत चेसिसलगायत सुविधा यो सवारीमा रहेको कम्पनीको दाबी छ । अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेकले यात्रुको सरक्षालाई सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । यो सवारी एक पटकको फुल चार्जमा ? किमि गुडाउन सकिने कम्पनीले बताएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ ०९:२१
x
×