कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच छुट सम्झौता

भाद्र १५, २०८१
सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच छुट सम्झौता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र श्री एयरलाइन्सबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

बिहीबार भएको सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले एयरलाइन्समा टिकट खरिदमा पाँच सय रुपैयाँ छुट पाउनेछन् । छुट भने श्री एयरलाइन्सको कार्यालयको काउन्टरबाट मात्र प्राप्त बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ । साथै डिजिटल कारोबारलाई प्राथमिकता दिएको बैंकले बताएको छ ।


प्रकाशित : भाद्र १५, २०८१ ०९:१७
x
×