कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

टेन प्लाष्टको ब्रान्ड एम्बेसडमा सोमपाल

भाद्र १४, २०८१
टेन प्लाष्टको ब्रान्ड एम्बेसडमा सोमपाल

भैरहवा — पश्चिम नवलपरासी सदरमुकाम रामग्रामस्थित टेन प्लाष्ट इन्ड्रष्ट्रिज प्रालिले क्रिकेटर सोमपाल कामीलाई आफ्नो उत्पादन टेन प्लाष्टको ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ ।

कम्पनीले शुक्रबार रुपन्देहीको भैरहवामा कार्यक्रम आयोजना गरेर टेन प्लाष्ट ब्राण्ड एम्बेसडर नियुक्त सोमपाललाई सार्वजनिक गरेको थियो । कार्यक्रममा टेन प्लाष्ट इन्ड्रष्टिज प्रालीका अध्यक्ष धीरज अग्रवालले कम्पनीको उत्पादन पीभीसी पाइप सोमपाललाई हस्तान्तरण गरेर ब्रान्ड एम्बेसडरका रुपमा सार्वजनिक गरेका थिए । कम्पनीले पहिलो चरणमा १५ महिनाका लागि नेपालका अन्तर्राष्ट्रिय तीव्र गतिका बलर सोमपाललाई एम्बेसडर नियुक्त गरेको जनाएको छ । परासीमा बिसं २०५० सालमा स्थानीय अनिलकुमार अग्रवालले ५ लाख रुपैयाँ लगानी गरेर मारुती ट्रेडर्सबाट व्यवसायिक यात्रा थालनी गरेका थिए । उक्त व्यापारलाई बिस्तार गर्दै बनेका ५ वटा कम्पनीलाई एकीकृत गरेर बनेको व्यापारिक घराना टेन ग्रुपको १ अर्ब रुपैयाँ लगानीमा टेन प्लाष्ट इन्ड्रष्टिज सञ्चालनमा आएको हो ।

उक्त कम्पनीले अहिले इटालियन प्रविधि जडान गरेर प्लम्बिङका लागि आवश्यक सीपीभीसी, पीभीसी पाइपका साथै पानी टयांकी र फिटङका लागि आवश्यक जडान सामग्री निर्माण गरिरहेको जनाएको छ । यस्ता सामग्री निर्माणका लागि जापानबाट कच्चा पदार्थ आयात गरिरहेको उद्योगका अध्यक्ष अग्रवालले जानकारी दिए । ‘हामीले खानेपानीको गुणस्तरमा सम्झौता गर्दैनौ,’ उनले भने, ‘उच्च गुणस्तरको प्लास्टिक प्रयोग गरेर उत्पादन गरिरहेका छौं ।’ भारत निर्यातका लागि लाइसेन्स प्राप्त गरिसकेको जनाउँदै आगामी १० दिनभित्र निर्यात तयारी गरिरहेको उनले जनाए । एनएस चिन्ह प्राप्त गरेपछि औंपचारिक रुपमा उत्पादन सार्वजनिक गरिएको उनले बताए । आफू सानै उमेरदेखि क्रिकेटसित भावनात्मक रुपमा जोडिएकाले क्रिकेटरलाई नै आफ्ना उत्पादनको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको उनले बताए ।

‘हाम्रो ब्रान्डको नाम पनि टेन प्लाष्ट छ,’ अग्रवालले भने, ‘सोमपालको जर्सी नम्बर पनि १० नम्बर हो, मुलुकको प्रतिनिधित्व गरेर दुइपटक टि–ट्वान्टी विश्वकप खेलेका क्रिकेटर भएकाले एम्बेसडर बनाएका हौं ।’ उक्त कम्पनीमा अहिले एक सय कर्मचारी रहेका छन् । नेपाली क्रिकेटको प्रगति जस्तै आगामी दिनमा कम्पनीको सम्बृद्वि यात्रा पनि जारी रहने उनले बताए । टेन प्लाष्टका ब्रान्ड एम्बेसडर सोमपालले मुलुकको ठूलो उद्योग समुहसित जोडिन पाउादा खुसी लागेको प्रतिक्रिया दिए । कम्पनीले आफूलाई विश्वास गरेर अवसर प्रदान गरेकोमा धन्यवाद दिए । ‘टेन ग्रुप परिवारको सदस्य बनेको छुँ,’ सोमपालले भने, ’यसको प्रवर्द्धनमा भरपुर सहयोग गर्नेछु ।’ कार्यक्रममा सोमपालले अभिनय गरेको प्रचार सामाग्री पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित : भाद्र १४, २०८१ २१:१८
x
×