कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

ग्लोबललाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ का दुई विधामा सम्मान

भाद्र २८, २०८१
ग्लोबललाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ का दुई विधामा सम्मान

काठमाडौँ — ग्लोबल आईएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत दुई विधाबाट सम्मानित भएको छ । उक्त अवार्डको ‘बेस्ट बैंक नेपाल’ र ‘बेस्ट बैंक ईएसजी नेपाल’ (वातावरण, सामाजिक र सुशासन) विधाबाट सम्मानित भएको बैंकले जनाएको छ ।

सिंगापुरमा बिहीबार आयोजित एक समारोहबीच युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित उक्त अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित सम्मान मानिन्छ ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:४५
×