कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सोल्टी इन्टरप्राइजेज र गेट कलेजबीच सम्झौता

भाद्र ११, २०८१
सोल्टी इन्टरप्राइजेज र गेट कलेजबीच सम्झौता

काठमाडौँ — सोल्टी होटलको प्रमुख संस्थापक कम्पनी सोल्टी इन्टरप्राइजेज र ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन गेट कलेजबीच मंगलबार सम्झौता भएको छ । कम्पनीबीच सहलगानीबाट शैक्षिक विकास तथा उत्कृष्ट मानव संशाधन विकासका लागि निवेश प्रवाह गर्न सम्झौता भएको हो । 

सम्झौतापत्रमा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले हस्ताक्षर गरे ।

सम्झौतामा साविक गेट कलेजलाई संयुक्त ब्रान्ड ‘गेट कलेज’ बाट संचालन गर्ने सहमति भएको सोल्टी इन्टरप्राइजेजले जानकारी दिएको छ ।

सोल्टी र कलेजबीचको उक्त रणनीतिक लगानीसम्बन्धी सहमतिले शिक्षामा लगानीको विषयमात्र नभई आतिथ्य तथा होटल व्यवस्थापन क्षेत्रमा आधुनिकतम शैक्षिक नवप्रवर्तनलाई अगाडि बढाउने उद्देश्य लिएको जनाइएको छ ।

सम्झौतापछि गेट कलेजका विद्यार्थीलाई सोल्टीले सिकाइ अनुभव, उन्नत शैक्षिक स्रोत र आतिथ्य व्यवस्थापन शिक्षामा व्यक्तिगत तथा व्यवसायिक अभिवृद्धिका लागि अवसर प्रदान गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र ११, २०८१ १७:१६
x
×