कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

नेपाल एसबीआई बैंकको भैरहवा शाखा स्थानान्तर

भाद्र २८, २०८१
नेपाल एसबीआई बैंकको भैरहवा शाखा स्थानान्तर

काठमाडौँ — नेपाल एसबीआई बैंकले भैरहवामा रहेको शाखा कार्यालयलाई स्थानान्तर गरेको छ । बैंकले सिद्धार्थ नगरनगरपालिका–५, बैंक रोड, भैरहवामा अवस्थित शाखा कार्यालयलाई सोही नगरपालिकाको वडा ८, नारायण पथमा स्थानान्तर गरेको हो ।

बैंकले सोमबारदेखि स्थानान्तर गरेको उक्त शाखा कार्यालयबाट सेवासमेत सुरु गरिसकेको जनाएको छ ।

उक्त स्थानान्तरण भएको शाखा कार्यालयको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरे ।

प्रकाशित : भाद्र २८, २०८१ ०६:४४
×