कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

नेपाली बजारमा जिहोको एई ४ स्कुटर

भाद्र १०, २०८१
नेपाली बजारमा जिहोको एई ४ स्कुटर

काठमाडौँ — जिहोले हालै नेपाली बजारमा आफ्नो विद्युतीय एई ४ स्कुटर सार्वजनिक गरेको छ । ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध जिहोको एई ४ स्कुटरमा ३.० किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ ।

उक्त स्कुटरले ६५ किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीको दाबी छ । एई ४ स्कुटरमा एबीएस ब्रेक सिस्टम, ईटीसीएसले बिग्रेको सडकमा पनि राम्रो नियन्त्रण दिने, कोलिसन वार्निङ सिस्टम, स्लोप होल्ड, डिजिटल चाबी, पासवर्ड र मेकानिकल चाबी जस्ता सुरक्षा विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त स्कुटरमा ७४ भी २७ एएच एटीएलएल लिथियम ब्याट्री, टाइप सी र युएसबी चार्जिङ पोर्ट रहेको कम्पनीले बताएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:२८
x
×