कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

वात्सल्य समूहको नयाँ निः सन्तानपन उपचार क्लिनिक ललितपुरमा पनि सञ्चालन

भाद्र १०, २०८१
वात्सल्य समूहको नयाँ निः सन्तानपन उपचार क्लिनिक ललितपुरमा पनि सञ्चालन

काठमाडौँ — वात्सल्य नेचुरल आईभिएफले ८औं वार्षिकोत्सवको अवसरमा नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिकको सञ्चालन सुरू गरेको छ ।

नेपाल मेडिसिटि अस्पताल नख्खुमा रहेको क्लिनिकको सोमबार डा. उपेन्द्र महतोले उद्घाटन गरे । समारोहमा वात्सल्यको ब्रान्ड एम्बेसडरका रुपमा २०२४ का मिस नेपाल विजेताहरु आश्मा कुमारी केसी, सुमना केसी र करुणा रावत पनि उपस्थित थिए ।

वात्सल्यको रिब्रेंडिंगले नयाँ लोगो, नयाँ ब्रान्ड रंगहरू, र नयाँ विषयवस्तु हित नयाँ नारा (स्लोगन) 'नयाँ आशा, नयाँ जीवन'लाई सार्वजनिक गरेको छ ।

विगत ८ वर्ष देखि वात्सल्यले करिब ५००० जोडीहरूलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ ।

'हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तान प्राप्तिको सुख अनुभव गर्न पाउनु हो । हाम्रो रिब्रेडिंग नयाँ पहिचान मात्र हैन; यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न प्रति हाम्रो प्रतिबद्धतालाई पनि थप प्रस्ट पार्छ,' वात्सल्य नेचुरल आई.भि.एफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।

वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगन्ज, चितवन, र बुटवलमा सेवा प्रदान गर्दै आएको छ, र पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा रहेको छ । यस विस्तारका साथ वात्सल्यले नेपाल भरका इच्छुक परिवारहरुलाई प्रजनन सेवा सजिलै उपलब्ध गराइ अभिभावकत्वको खुसी प्रदान गर्न तत्पर रहेको जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ २२:१७
x
×