कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

बजारमा नयाँ भर्सनको बीवाईडी एट्टो ३ 

भाद्र १०, २०८१
बजारमा नयाँ भर्सनको बीवाईडी एट्टो ३ 

काठमाडौँ —  नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको ‘बीवाईडी एट्टो ३’ सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको दुई वर्षमा विद्युतीय सवारी एसयूभी बीवाईडी एट्टो ३ नेपाली सडकमा तीन हजार युनिट गुडिरहेको कम्पनीको दाबी छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सनको नयाँ विशेषतामा बीवाईडी एप्लिकेसन रहेको कम्पनीले जनाएको छ ।

उक्त एपले गाडीधनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न सहयोग गर्ने, एपमार्फत गाडीको रेन्ज, पावर लेभल चेक, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएकोबारेमा थाहा पाउन सकिने कम्पनीको जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिलेलाई उक्त गाडी कालो रङमा उपलब्ध छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई अपग्रेड गरी १५.६ इन्च बनाइएको कम्पनीले बताएको छ । गाडीमा सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीका दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायर राखिएको पनि कम्पनीको भनाइ छ । बीवाईडी एट्टो ३ को नयाँ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ ।

एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्की ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:३०
x
×