कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

ग्लोबल आईएमईका ग्राहकलाई के–ल्याबमा छुट

भाद्र १०, २०८१
ग्लोबल आईएमईका ग्राहकलाई के–ल्याबमा छुट

काठमाडौँ — ग्लोबल आईएमई बैंक र क्राउन ल्याबोरेटरी एन्ड सिफरल सेन्टर (के–ल्याब) बीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले के–ल्याबको सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

उक्त सम्झौतामा बैंकका वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र के–ल्याब सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे । छुट सुविधा उपयोग गर्न बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले ग्राहकको सुविधाका लागि उक्त सम्झौता गरेको जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०८१ ०६:२७
x
×