कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कविता : रेल

भाद्र २९, २०८१
कविता : रेल

एउटा रेल
छ अनुपस्थित

नभएको रेलमा

यात्रा गर्नुको

आफ्नै खालको

हुन्छ आनन्द


त्यो गन्तव्यमा

पुगेन भने

पुर्‍याउन सकिन्छ

हो, टाढासम्म

पुग्न सकिन्छ

त्यो रेलबाट


रेलमा धेरै

मानिसहरुसँग

हुने गर्छ भेटघाट

र भेटघाट भनेको

होइन केवल भेटघाट

वास्तवमा हो यो

संसारभरिका

जान–अनजान

साथीहरुसँगको

परिचयको विस्तार

(महाविस्तार नै भन्नोस्)

र यहींबाट हुन्छ

आरम्भ

एक प्रकारको गति

अरु गति

अरु–अरु गति

अरु– अरु– अरु गति

अर्थात् सङ्घर्ष

अर्थात्, अर्थात् समग्रमा

जीवन

एउटा सङ्घर्षशील

कविको जीवन

र यही नै रेलको

एक मात्र अर्थ

हो मेरा लागि

भलै त्यो

अनुपस्थित नै

किन नहोस् !


मेरो जीवनमा

अनुपस्थित छ

एउटा रेल

प्रकाशित : भाद्र २९, २०८१ ०७:५६
×