कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

'अ प्लेस अन्डर द सन'को विशेष सो हुँदै

भाद्र २६, २०८१

काठमाडौँ — आइफोन १४ प्रो म्याक्सबाट खिचिएको फिल्म 'अ प्लेस अन्डर द सन'को विशेष सो हुँदैछ । जेसन लोप्चनद्वारा निर्देशित फिल्म भदौ २८ मा सुन्धारास्थित सीडीसी सिनेमामा देखाउने तयारी छ । 

यो फिल्मलाई प्रविन लिम्बूले खिचेका हुन् । वान स्क्वाड फिल्मको ब्यानरमा बनेको यो फिल्ममा नवकलाकारहरुको अभिनय छ । अन्शु शर्मा, मिरा गुरुङ, विप्लप गौली, प्रजन पौडेल, प्रवेश एम्सीलगायतको अभिनय छ ।

१ घण्टा ५५ मिनेटको यो फिल्ममा तीन बाल्यकालको मित्रहरुको भेट र त्यहीँ आइपुग्ने अर्का अपरिचित पात्रको कथा समेटिएको छ ।

प्रकाशित : भाद्र २६, २०८१ २१:००
×