कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

चलचित्र विकास बोर्ड अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

भाद्र १७, २०८१
चलचित्र विकास बोर्ड अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

काठमाडौँ — चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गरेका छन् । आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गरेका बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिए । 

गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिन्छन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रकाशित : भाद्र १७, २०८१ १६:३९
x
×