कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमेरिकाको ओहायोमा सुरु भयो इन्ट्रा कप फुटबल, नेपाली मूलका खेलाडी सहभागी

भाद्र १५, २०८१
अमेरिकाको ओहायोमा सुरु भयो इन्ट्रा कप फुटबल, नेपाली मूलका खेलाडी सहभागी

काठमाडौँ — अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा अवस्थित कोप्ले सकर कम्प्लेक्समा नेपालीमूलका अमेरिकावासीहरू लागि 'इन्ट्रा कप—२०२४' फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पुरुषतर्फ ३० वर्षमुनिका, तीसदेखि ३९ वर्षसम्मका युवा र ४० वर्षदेखि माथिका भेट्रान्स गरी तीन समूहका बेग्लाबेग्लै खेलहरु भईरहेका छन् । महिलातर्फ अन्तरराज्यस्तरीय प्रतिस्पर्धा हुनेछ । यसैगरी १६ वर्षदेखि मुनिका किशोर किशोरीका टीमबीच पनि प्रतिस्पर्धा हुनेछ ।

पीसजोन क्लबसमेतको सहकार्यमा इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेका यी खेलहरुमा युवायुवती र भेट्रान्सतर्फ गरी ३४ वटा टिम दर्ता भएका छन् ।
किशोर किशोरीतर्फ २९ वटा टिम दर्ता भएका छन् । सबै उमेर समूह र सबै टिमका गरी लगभग चौध सय खेलाडीहरु सहभागी भएको यो प्रतिस्पर्धाको उद्घाटन इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए । उनले अमेरिका र क्यानडामा रहेको नेपालीभाषी समाजका खेलप्रेमीहरुलाई एकठाउँमा ल्याई आपसी भाइचाराको अभिबृद्धिका साथै अनुशासित प्रतिष्पर्धात्मकताको विकास गर्ने उद्देश्यले यी खेलहरु आयोजना गरिएको बताए ।
आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार, युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन् । जसमा ३० वर्षमुनिका युवातर्फ पथरी एफसी, चुजन एफसी, जुनियर योङ् गाइज इलेभेन, सांग्रिला युथ एफसी, एभरेष्ट युनाइटेड, टेक्सास थन्डर, टिमाई स्वायड, चुके एफसी, ड्याडी एफसी, एक्रोन युनाइटेड सहभागी छन् । ४० वर्षमुनिको सिनियर युथतर्फ राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्स,सागिना एफसी, सिन्सी इन्टा एफसी, नर्थ क्यारोलिना युनाइटेड, एफसी रिभाइवल, थ्री रिभर्स भेटान्स, मिसिगन युथ एफसी, नेक्ट जेन जी एफसी र केन्टकी भेटान्स छन् । त्यसैगरी ४० वर्षमाथिका भेटान्स समूहतर्फ कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स, सागिना भेटान्स, एफसी रिभाइवल, सेरेनिटी एफसी, पिसजोन एकेडेमी र ह्यारिसवर्ग भेटान्स एफसीको प्रतिष्पर्धा छ । महिलातर्फ पिसजोन एकेडेमी गर्ल्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।
नेपाली मूलका नेपालीहरुको सर्बागिंण विकासमा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिंदै सेप्टेम्बर १३देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा बृहत भलिबल प्रतियोगिताको आयोजना गरिएको पनि आयोजक संस्थाले बताएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ ११:४४
x
×