कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

एनआरएनए अस्ट्रेलियाको फाउन्डेसनलाई एसीएनसीबाट मान्यता

एनआरएनए अस्ट्रेलियाको फाउन्डेसनलाई एसीएनसीबाट मान्यता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाद्वारा स्थापित फाउन्डेसनले अस्ट्रेलियन च्यारिटीज एन्ड ननफर प्रोफिट्स कमिसन (एसीएनसी) बाट मान्यता पाएको छ । 

त्यसका साथै, संस्थाले ‘डिडक्टेबल गिफ्ट रेसिपियन्ट’ को मान्यतासमेत प्राप्त गरेको छ । उक्त मान्यतासँगै एनआरएनए अस्ट्रेलिया फाउन्डेसनलाई कुनै व्यक्तिले वा संस्थाले दिएको चन्दा दाताले वार्षिक कर फिर्ताका लागि दाबी गर्न सक्नेछन् ।

फाउन्डेसनले एसीएनसीबाट मान्यता पाएकोमा खुशी व्यक्त गर्दै एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले फाउन्डेसनले छुट्टै स्वायत्त निकायका रूपमा रहने र यसले अस्ट्रेलियामा बस्ने नेपालीमूलका मात्र नभई सबै समुदायको हकहितका क्षेत्रमा क्रियाशील रहने बताए । एनआरएनए अस्ट्रेलियाले एक संरचना निर्माण गरि फाउन्डेसन सञ्चालन गरिने उनको भनाइ छ ।

एनआरएनए अस्ट्रेलिया फाउन्डेसनले एनआरएनए अस्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले विज्ञप्ति जारी गर्दै एसीएनसीबाट मान्यता पाएसँगै फाउन्डेसनले परोपकारी र सामुदायिक सहयोगका क्षेत्रमा हातेमालो गर्न थप सहज भएको जनाएका छन् ।

२०२१ मा स्थापित फाउन्डेसन आर्थिक रूपमा कमजोर प्रवासी, शरणार्थी, घरबारविहीन, जोखिममा रहेका, अपांगता भएका व्यक्तिहरूमा केन्द्रित रहेको मिश्रले जनाएका छन् ।

प्रकाशित : भाद्र ८, २०८१ २०:४४
x
×