कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

कार्यालय समयमा कर्मचारीले सेयरको कारोबार गर्न नपाउने

भाद्र २५, २०८१
कार्यालय समयमा कर्मचारीले सेयरको कारोबार गर्न नपाउने

काठमाडौँ — कार्यालय समयमा सरकारी कर्मचारीलाई सेयर कारोबार गर्न नपाउने भएका छन् । यसका लागि प्रधामन्त्रीको कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालयलगायतलाई निर्देशन दिइसकेको छ ।

कार्यालय समयमा कर्मचारी सेयर कारोबारमा व्यस्त हुन थालेपछि सेवा प्रभावित भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा सरकारले रोक लगाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले लेखेको पत्रमा सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टीएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टीएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी जाँच गर्न सकिने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

कार्यालय समयमा कर्मचारी सेयर किनबेच गर्ने अनलाइन प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम–टीएमएस)मा व्यस्त हुन थालेको उजुरी अख्तियारमा परेको थियो ।

उजुरीका आधारमा अख्तियारको टोलीले सिंहदरबार परिसरलगागत सरकारी कार्यालयको स्थलगत निरीक्षण गर्दा तथ्य फेला पारेपछि कार्यालय समयमा सेयर कारोबार रोक्न सरकारलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा सरकारले कार्यालय समयमा टीएमएस चलाउन नपाउने निर्णय गरी कार्यान्वयन गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

प्रकाशित : भाद्र २५, २०८१ १७:२१
x
×