कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

६.९४ अंकले बढ्यो नेप्से, साढे १३ अर्बको कारोबार

भाद्र १८, २०८१
६.९४ अंकले बढ्यो नेप्से, साढे १३ अर्बको कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.९४ अंकले बढेको  छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । कुल १ लाख ४४ हजार १९७ पटकको सेयर किनबेचबाट १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ काराबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ उपसमूह घट्यो भने ५ उपसमूह बढ्यो । बढ्ने उपसमूहहरूमा निर्जीवन बिमा ६४९.८० अंकले बढ्यो । जीवन बिमा ३१८.३१ अंक र विकास बैंक ७४.०८ अंकले बढ्यो । घट्ने उपसमूहहरूमा फाइनान्स उपसमुह ५८.४६ अंक र हाइड्रोपावर १७.६९ अंकले घट्यो ।

एनएलजी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, मातृभुमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लुघवित्त वित्तीयस संथा, मानुषि लघुवित्त वित्तीय संस्था, विन्धाबासिपनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

प्रकाशित : भाद्र १८, २०८१ १५:२२
x
×