कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

इन्जिनमा समस्या देखिएपछि राजविराजमै रोकियो बुद्ध एयरको जहाज

भाद्र ३०, २०८१
इन्जिनमा समस्या देखिएपछि राजविराजमै रोकियो बुद्ध एयरको जहाज

राजविराज — इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज आइतबार राजविराजमै रोकिएको छ । काठमाडौंबाट यात्रु लिएर राजविराज आएको जहाज काठमाडौं फर्किन लाग्दा समस्या देखिएको हो ।

७२ सिटे उक्त जहाजमा यात्रुहरु बसाइ इन्जिन स्टार्ट गर्दा समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएको छ । काठमाडौंबाट इन्जिनयरहरुको टोली आएपछि मात्र उक्त जहाज मर्मत गरिने बुद्ध एयर राजविराजले जनाएको छ ।

यात्रुहरुलाई लिन काठमाडौंबाट अर्को जहाज आउने बुद्ध एयरले जनाएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:४६
×