कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकै १ लाख ५६ हजार ८ सय रुपैयाँ

भाद्र ३०, २०८१
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकै १ लाख ५६ हजार ८ सय रुपैयाँ

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकिएको छ जुन हालसम्मकै उच्च हो ।

शनिबार सुनचाँदीको भाउ तोकिँदैन । शुक्रबार भने सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ तोकिएको थियो । शुक्रबार भने बिहीबारको तुलनामा एक तोलामै ३ हजार रुपैयाँले भाउ बढेको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ११:४९
×