कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

५०.७३ अंकले घट्यो नेप्से

भाद्र ३०, २०८१
५०.७३ अंकले घट्यो नेप्से

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर काराेबार मापक नेप्से परिसूचक ५०.७३ अंक घटेको छ । नेप्से १.८८प्रतिशतले घटेर २६३७.७९ अंकमा पुगेको हो ।

कुल १० अर्ब ३३ करोड ९२ लाख रूपैयाँको भएको छ । आज २ कराेड ४८ लाख ४६ हजार कित्ता सेयर किनबेच भए । कुल २५ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै उपसमूहहरू घटे। होटल तथा पर्यटन ३.६८, फाइनान्स ३.५३,लगानी २.८०,जीवन बीमा २.७४,विकास बैंक २.५१,निर्जीवन बीमा २.१६, माइक्रोफाइनान्स १.८८,उत्पादन १.७९,हाइड्रोपावर १.४८, बैंकिङ ०.९३ र व्यापार ०.९० प्रतिशत घटे ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:३९
×