कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

संसदीय समितिले आयल निगमको स्थलगत अनुगमन गर्ने

संसदीय समितिले आयल निगमको स्थलगत अनुगमन गर्ने

काठमाडौँ — संसदीय समितिले नेपाल आयल निगम लिमिटेडको स्थलगत अनुगमन गर्ने भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकले निगमको स्थलगत अनुगमन गरी समग्र काम, कारबाहीबारे जानकारी लिने निर्णय गरेको हो । बैठकपछि समिति सभापति अब्दुल खानले निगमको देशभरको अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गर्न लागिएको बताए । उनले पाइपलाइनबाट पेट्रोलियम पद्धार्थ आए/नआएको र सोको अवस्थालगायत निगमका सबै काम, कारबाहीको सम्बन्धमा अध्ययन, अवलोकन गरेर आवश्यक निर्देशन दिने तयारी गरिएको जानकारी दिए ।

'आगामी हप्तामा आयल निगमको स्थलगत अनुगमन गरी समग्र काम कारबाहीको बारेमा जानकारी लिने निर्णय भएको छ,' समिति सभापति खानले भने ।

त्यस्तै समितिले बायो ईथानोल उत्पादन गर्ने स्वदेशी उत्पादकहरुलाई आह्वान गरी बायो ईथानोलको उत्पादन तथा प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।

यस्तै इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले समेत विदेश जाने विद्यार्थी तथा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेको भन्ने सुन्नमा आएकोले सो संस्थाले अनुमति कहाँबाट लिएको छ ? नेपाल सरकारलाई तिर्नुपर्ने करको अवस्था के छ ? यसबारे सत्य-तथ्य प्रमाणसहित विवरण नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट माग गर्ने निर्णय पनि बैठकले गरेको सभापति खानले बताए ।

प्रकाशित : भाद्र ९, २०८१ १६:४१
x
×