कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

हवाई भाडादरमा स्वदेशी र विदेशी पर्यटकका लागि एकरुपता कायम हुन्छ : मन्त्री पाण्डे

श्रावण ३१, २०८१
हवाई भाडादरमा स्वदेशी र विदेशी पर्यटकका लागि एकरुपता कायम हुन्छ : मन्त्री पाण्डे

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री पाण्डेले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताए। उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।

पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको भन्दै उनले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए ।

उनले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम, इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको बताए । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको उनले बताए ।

उनले भने, ‘पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको तथ्य हाम्रा अगाडि छ । पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम, इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको छ । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको छ ।'

प्रकाशित : श्रावण ३१, २०८१ १५:४५
x
×