कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न स्पेनलाई आग्रह

मंसिर २९, २०७९
नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न स्पेनलाई आग्रह

काठमाडौँ — स्पेनलाई नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न  आग्रह गरिएको छ । स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनको सहयोग नियोग स्पेनिस कन्फेडेरेसन अफ बिजनेस अर्गनाइजेसन (सीईओई) की अध्यक्ष मार्टा ब्लान्कोसँगको भेटवार्तामा नेपालमा हरित हाइड्रोजन उत्पादन क्षेत्रमा लगानी गर्नको लागि स्पेनलाई आग्रह गरेकी हुन् ।

उनले स्पेनमार्फत युरोपेली युनियनमा पनि लगानी गर्नको लागि आग्रह गरेकी हुन् ।

म्याड्रिडस्थित नेपाली राजदुतावासका अनुसार मंगलबार राजदुत पराजुली र अध्यक्ष ब्लान्कोबीच नवीकरणीय ऊर्जा, पर्यटन र व्यापार क्षेत्रलगायतका क्षेत्रहरूमा कुराकानी भएको हो । ‘राजदूत पराजुलीले नेपालमा नवीकरणीय ऊर्जामा मुख्यतया जलविद्युत् र हरित हाइड्रोजन आयोजनामा स्पेनी कम्पनीहरूले लगानी गर्ने अवसरको बारेमा कुरा राख्नु भयो,’ विज्ञप्तिमा भनिएको छ ।

ब्लान्कोले स्पेनका व्यापार समूहहरूलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । मल र अन्य कृषि उत्पादनमा सहकार्यको सम्भावनाबारे पनि छलफल भएको दूतावासले जनाएको छ ।

प्रकाशित : मंसिर २९, २०७९ १३:४३
×