दैनिक सयाैं यात्रु आवतजावत गर्ने शुक्लाफाँटा निकुञ्जभित्रको सडकमा मोबाइल नेटवर्क नहुँदा दुर्घटना, बिरामी या अन्य आपतकालीन अवस्थामा सहायता माग्न कठिन हुने गरेको छ ।
बनबासा पुलबाट चार पाङ्ग्रे सवारी आवागमन बन्द।
आइतबार बिहान च्याउ टिप्न गएका १७ जना महिला शुक्लाफाँटाको जंगलभित्र बाटो बिराएर सम्पर्कविहीन भएका थिए ।
उनीहरूले आफूहरू सिमलको रुखको फेदमा सुरक्षित रहेको जानकारी दिएका छन् । तर आफूहरू रहेको स्थान यकिन रूपमा बताउन नसकेकाले उद्धार टोलीले सम्भावित क्षेत्रमा उनीहरूको खोजी तीव्र बनाएको प्रहरी निरीक्षक पार्कीले बताए ।
आइतबार बिहान शारदा ब्यारेज (महाकाली नदी)मा पानीको बहाव ३५ हजार क्युसेक आसपास रहेकोमा अपराह्नको मापनअनुसार बढेर ६० हजार क्युसेक नजिक पुगेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिएका छन् ।
महाकालीमा बाढी नआउँदै असार दोस्रो साता बस्तीमै जम्मा भएको पानीले तटबन्ध भत्काउँदा कुतियाकभरका बासिन्दा फेरि बाढीको त्रासमा छन् ।
कमैया मुक्ति घोषणा भएको २६ वर्षपछि केही परिवारले सुरक्षित घर पाए पनि अझै धेरैजसो परिवार असुरक्षित टहरामा बस्न बाध्य छन्।
काभ्रेका ५२ वर्षीय उमेश चौलागाई शनिबार बिहान महाकाली नदी हेर्न जाँदा अचानक आएको बाढीमा फसेका थिए ।
करिब २४ घण्टासम्म नदीको पोखरी क्षेत्रमा बसेका हात्ती राति करिब २:३० बजे झोलुङ्गे पुलछेउको बाटो हुँदै निकुञ्जतर्फ फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ।
बेलौरीमा स्थानीय र संघीय सरकारको एक करोड रुपैयाँभन्दा बढी लगानी, श्रमिक अभावसँग जुध्दै कृषि यान्त्रिकीकरणमा फड्को ।