राजनीतिक–प्रशासनिक क्षेत्रमा आरक्षणको व्यवस्थाले सहभागिता बढाए पनि नीतिनिर्माण र निर्णायक तहमा कर्णालीका महिलाको अर्थपूर्ण उपस्थिति छैन ।
कल्पना नेपाल आचार्यको लेख -तीन तहका सरकारले निर्वाहमुखी कृषिलाई आधुनिक, यन्त्रीकरण, वैज्ञानिक, हरित र व्यावसायिक नाफामूलक उद्यममा रूपान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्छ ।
वञ्चितीकरणमा परेका वा जोखिममा रहेका मानिसको सशक्तीकरण गरी आफ्नो अधिकार बुझ्न, दाबी गर्न र प्रयोग गर्न सक्ने बनाउने सरकारको लक्ष्य छ । तर सरकारका कार्यक्रमले लक्षित समुदायले अनुभूति गर्न पाइरहेका छैनन् ।
लैंगिक विभेदको अन्त्य नगर्दासम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन सक्दैन
सडकका ट्राफिक लाइट दृष्टिविहीनको पहुाचमा छैनन्, बत्तीले पैदल यात्रीलाई संकेत गरिरहँदा दृष्टिविहीनहरू त्यो देख्न सक्दैनन्, लाइटसँगै आवाज पनि जडान गरे तिनलाई बाटो काट्न सहज हुने थियो
उमेरले नेटो काटिरहेका वृद्धवृद्धाका साझा समस्या सम्बोधन गर्न अब भत्ताले मात्रै पुग्दैन, ज्येष्ठ नागरिकका लागि सरकारले अभिभावकत्व निर्वाह गर्नु पनि जरुरी छ
संस्कृत नै संस्कृति र संस्कार हो । यो भाषा पूर्वीय दर्शनको संवाहक हो । एक समग्र जीवन पद्धति पनि हो । यसले जीवन जिउने कला मात्र होइन, भयरहित भएर बाँच्न पनि सिकाउँछ ।
अपांगता भएका बालबालिकाको विकासोन्मुख क्षमताको सम्मान तथा अपांगता भएका बालबालिकाको पहिचानको संरक्षण गर्न पाउने अधिकारहरू कानुनमा भए पनि व्यवहारमा लागू भएको छैन ।