२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

कल्पना नेपाल आचार्य

कल्पना नेपाल आचार्यका लेखहरु :

बेरोजगारीले निम्त्याएको पारिवारिक पीडा

मूल कानुनको मौलिक हकअन्तर्गत धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने उल्लेख छ । रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनअनुसार हुने, प्रत्येक नागरिकलाई रोजगारी छनोट गर्ने अधिकारसमेत हुने विषयसमेत यसमा छ ।

माटोले खोजिरहेको युवा जनशक्ति

नेपालबाहिर नेपालीको संख्या ५० लाख हाराहारीमा रहेको विभिन्न तथ्यांकले देखाएका छन् । हालसम्म नेपालले आधिकारिक रूपमा १ सय ११ मुलुकसँग श्रम सम्झौता गरेको छ । ती मुलुकहरूमा गैरआवासीय नेपाली फैलिएर रहेका छन् । नेपालको अथाह मायालाई हरपल मुटुमा सजाएको अब्बल जनशक्ति देशको सीमाबाहिर छ ।

ज्येष्ठ नागरिकको बढ्दो सन्ताप

देशमा गरिबी १५ दशमलब १ प्रतिशत र बहुआयामिक गरिबी १७ दशमलब ३ प्रतिशत छ । करिब ६१ प्रतिशत युवा बेरोजगार छन् । आधारभूत आवश्यकता पूर्तिका लागि दिनरात हातपाखुरा खियाउन खोज्दा कुनै उपाय भेटिँदैन । एक छाक पेट भर्न र सन्तानको खुसीकै लागि बलिया पाखुरी, तेजिला दिमाग, पुँजी दिन–प्रतिदिन पलायन हुँदै गएका छन् । विदेशमा नेपाली युवा जनशक्ति ५० लाख हाराहारी रहेको तथ्यांक छ ।

ज्येष्ठ नागरिकलाई अनपेक्षित दुर्व्यवहार

२०७८ सालको जनगणना अनुसार, कुल जनसंख्याको करिब १०.२१ प्रतिशत ज्येष्ठ नागरिक छन् । हाल ऋणात्मक जनसंख्या वृद्धिदर ०.९८ प्रतिशत छ । औसत आयु सरदर ७२ वर्षको हुँदा ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर बढ्दै गइरहेको छ भने ज्येष्ठ नागरिक दुर्व्यवहारको सिकार हुने दर पनि त्यत्तिकै बढ्दो क्रममा छ ।

स्याहार चाहिने बेला बेस्याहार

मानव जीवनको उत्तरार्द्धको उमेरसमूह; ज्ञान, अनुभवको भण्डार, विज्ञहरूको समूह तथा जिउँदो इतिहासका ठेली नै ज्येष्ठ नागरिकको समूह हो । २०७८ सालको जनगणना अनुसार ज्येष्ठ नागरिकको जनसंख्या २९ लाख ७७ हजार ३ सय १८ छ ।