अनुदानलाई संघ, प्रदेश वा पालिकाका कार्यालयहरूबाट कागजपत्र मिलाएर वितरण गर्ने विषय बनाइनु हुँदैन । यो जननिर्वाचित प्रतिनिधिमार्फत घरआँगनमै, करेसाबारीमै, भैंसीगोठमै किसानको हात पर्ने व्यवस्था हुनु जरुरी छ ।
पछिल्लो समय नेपाली राजनीति र समाजमा ‘सुशासन’ शब्दावलीको बजार–ग्राफ बढेको छ । सुशासनलाई भ्रष्टाचारसँग जोडेर बढी छलफल गरिएको छ । वास्तवमा भ्रष्टाचार सुशासनको एउटा पाटो हो । भ्रष्टाचारले आक्रान्त भएको समाजमा भ्रष्टाचारलाई नै केन्द्रविन्दु मानेर छलफल गर्नु अनर्थ त होइन, तर प्राज्ञिक सीमितता भने हो ।
केही वर्षपहिलासम्म काठमाडौं आउनुलाई नेपाल आउनु भनिन्थ्यो । सिंगो नेपालको प्रतिनिधित्व काठमाडौंले गर्थ्यो । बाँकी भूभाग मानौं नेपाल नै होइन । यही सोचले काठमाडौंलाई विकसित बनाउन खोजियो ।
सुदूरपश्चिम प्रदेश सरकारको संसद्बाट बजेट पास हुन हम्मेहम्मे पर्यो । सरकारले लिएको कुनै नीति तथा कार्यक्रममा गम्भीर असहमति भएर होइन, संघीय सरकारको जस्तो संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबापत प्रदेश सांसदलाई ५ करोड छुट्याइनुपर्ने माग राखेर बजेट पास गर्न सर्त राखियो । सरकार झुक्यो र बजेट पास भयो । सांसदलाई यो बजेट किन चाहिएको होला, संघीयताका सन्दर्भमा विकासको प्रक्रिया के होला, सांसदको प्रमुख भूमिका के हो, यो बजेटले भावी दिनमा के असर गर्ला भनेर प्रश्न गर्ने हो भने यसको उत्तर अत्यन्तै संवेदनशील आउँछ । सबभन्दा पहिला चर्चा गरौं, यो बजेटले पार्ने असर के हो ?
हाम्रो विकासको प्रक्रिया र केही प्रश्नराज्यले औपचारिक रूपमा २००७ सालदेखि विकासे रथलाई अगाडि बढायो । त्योभन्दा पहिले विकास सामुदायिक मामिला थियो । बाटाघाटा, पुलपुलेसा, कुलो सामुदायिक स्तरबाट बन्थे । जब राज्यले विकास प्रक्रियालाई सबैभन्दा पहिले भौतिक पूर्वाधारकेन्द्रित गरी अगाडि बढायो, बाटो कालोपत्र गर्नु, विमानस्थलहरू बनाउनु, सिमेन्ट लगाएका घरहरू बनाउनु विकासको पर्यायजस्ता बने ।
आयातित विचार र राजाको सिकार खेल्ने इच्छानेपालमा २०२९ सालमा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना भएपछि अभियानका रूपमा निकुञ्ज आरक्ष, सिकार आरक्ष, संरक्षित क्षेत्रको स्थापना गरियो । नेपालको वनको ठूलो मात्रा यस्तै क्षेत्रहरूमा पर्छ ।
फूलबारी, फूल र झार नेपाललाई चार वर्ण छत्तीस जातको फूलबारी त धेरै पहिला भनियो, तर फूलबारीका फूलहरूलाई समान व्यवहार गरिएन । केहीलाई झारको व्यवहार गरियो र केहीलाई फूलको व्यवहार गरेर हुर्काइयो । एउटै फूलबारीमा कोही झार भए, कोही फूल भए ।
नेपाली सन्दर्भहाम्रो सन्दर्भमा समाजवादको भ्रष्टीकरण भइसकेको छ । संविधानमै ‘समाजवाद–उन्मुख’ लेखिएपछि कुनै दिन समाजवाद खुरुखुरु हिँडेर आउँछ वा आकाशबाट झर्छजस्तो हाम्रो राजनीतिक भावभंगी छ । माओ त्सेतुङले चिनियाँ विशेषतामा आधारित समाजवाद भनेपछि कम्युनिस्टहरूका लागि सजिलो भयो, नेपाली विशेषतामा आधारित समाजवाद भन्न ।
जति बेला हामीले पश्चिमी विकासका मान्यता र रणनीतिलाई स्वागत गर्यौं, त्यही बेलादेखि कृषिलाई आधुनिकताको श्रीपेच पहिर्यायौं । आधुनिक कृषिले सबैको सातो लियो । के कांग्रेस, के एमाले, के माओवादी, के बौद्धिक — सबै आधुनिक कृषिका पक्षपाती बने ।
आवधिक रूपमा निर्वाचन भएकामै खुसी मान्नुपर्ने दुःख नेपाली नागरिकको छ । संसद् पाँच वर्ष चलेकामा अझ खुसी हुनुपर्ने दुःखमा हामी छौं । वास्तवमा संसद् नागरिकका सडकमा यत्रतत्र पोखिएका इच्छा, आकांक्षा र सपना हुर्काउने नर्सरी हो । विगतको संसद् योभन्दा तुलनात्मक रूपले बलियो थियो ।