आर्थिक समृद्धि र परराष्ट्र सम्बन्धको विविधीकरण हाम्रो सौम्य शक्तिको दुई आधारभूत खम्बा हुनुपर्छ । निश्चित रूपमा तिनीहरूबीचको तादात्म्यताको व्यावसायिकता हाम्रो सौम्य शक्तिको सफलताको कडी हुनेछन् ।
दीर्घकालीन सोच र योजना एकातर्फ अनि तत्कालका कार्यक्रम अर्कातर्फ गरेर देश समुन्नत हुँदैन । २०४८ सालदेखि नेपाली राजनीतिले गरेको यो महाभूलसँगको सम्बन्धविच्छेदप्रतिको नेपाली जनताको तृष्णालाई कदापि नजरअन्दाज गर्नु हुँदैन ।
अन्तर्राष्ट्रिय राजनीतिमा नेपाल शक्ति राजनीतिको खेलाडी बन्न खोज्ने पात्रका रूपमा चित्रित छ । अब हामी प्रस्ट हुनुपर्यो– के यस्तो पहिचान हाम्रो राष्ट्रिय स्वार्थ पूरा गर्न पर्याप्त वा अपरिहार्य छ ? के यस्तो अभ्यासले हाम्रो देशको अन्तर्राष्ट्रिय विश्वसनीयतामा टेवा पुर्याउँछ ?
राज्यका हरेक तहमा सरकारको बलियो उपस्थिति नेपाली नागरिकको सबैभन्दा ठूलो माग हो
२०औं शताब्दीको जस्तो औपचारिक गठबन्धन गर्ने होइन, ढुक्क बस्ने पनि होइन, हरेक समय शक्तिराष्ट्रहरूसाग संवाद गर्न सक्ने ‘नोगोसिएसन’को क्षमता थप महत्वपूर्ण हुने युग अल्पकालीन भए पनि सशक्त हुने देखिन्छ ।
कांग्रेस-कम्युनिस्ट दलहरूको बहुमत हुने संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी आएको र उनीहरू खुम्चिएका मात्रै हुन् भनेर व्याख्या गरियो भने अहिलेको राजनीतिलाई अन्याय हुन्छ ।
नेपाली राजनीतिको प्रधान समस्याका रूपमा रहेको ‘पपुलिजम’ लाई अन्त्य गर्नेभन्दा पनि प्रोत्साहन गर्ने, संस्थागत गर्नेतर्फ उन्मुख हुनु सबैभन्दा ठूलो चिन्ताको विषय हो
हरेक सामाजिक जिम्मेवारी र पेसामा रहेका व्यक्तिहरूले आफ्नो पेसा र जिम्मेवारीलाई निर्बाध अभ्यास गर्ने आधुनिक सामाजिक वातावरण नभएको देशमा लोकतन्त्र कदापि प्रभावकारी हुन सक्दैन ।
सन्जिब हुमागाईं लेख्छन् - जनताले सुन्न चाहेको भाषण धेरै गरे पनि देशको वास्तविकताको पूर्ण पहिचान, त्यसमा आमूल परिवर्तनको रणनीति, सोही नीतिमा आम नागरिकलाई गोलबद्ध बनाउने संकल्प र त्यागको भावनालाई सिर्जना गर्ने भाषण सुन्ने सौभाग्य नेपाली जनताले विरलै पाएका छन् ।
एक दशकको राजनीतिक संक्रमणकालपश्चात् जारी भएको संविधान र तत्कालीन राजनीतिक सहमतिहरू नेपाल र नेपाली जनताले भोगिरहेका समस्याको प्रस्ट पहिचानमा मात्रै आधारित थिएनन्, तिनीहरूका प्रस्ट दार्शनिक एवं सैद्धान्तिक आधार पनि थिए