२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

डिला संग्रौला

प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

डिला संग्रौलाका लेखहरु :

सत्ता राजनीतिले बीपीको अवमूल्यन

सम्भवतः नेपालको राजनीति र साहित्यमा सर्वाधिक चर्चा हुने नाम हो– विश्वेश्वरप्रसाद कोइराला अर्थात् बीपी कोइराला । नेपालका हरेक राजनीतिक मञ्चमा बीपीका बारेमा हजारौं पटक मन्थन गरिन्छ । उनको जादुयी व्यक्तित्वप्रति मान्छेको आकर्षण र सम्मोहन देखिन्छ ।

अधुरो र अपुरो कर्णाली

कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली छ । भाषा, सभ्यता र संस्कृतिका रूपमा यहाँका भूभाग ऐतिहासिक छन् । नेपाली भाषाको उद्गम स्थलका रूपमा जुम्लाको सिन्जा हाम्रो गौरव र पहिचान हो । प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना सिन्जामा नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख जस्ता प्राचीन र ऐतिहासिक सम्पदा देख्न पाइन्छ ।

लोकतान्त्रिक गणतन्त्रको मर्म

मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशक पूरा भएको छ । जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते निरंकुश राजतन्त्र अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको विधिवत् रूपमा घोषणा गर्‍यो । त्यसपछिको संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्‍यो । 

कांग्रेसलाई उपनिर्वाचनको सन्देश 

गत वैशाख १५ गते इलाम तथा बझाङमा भएको उपनिर्वाचनमा संसद्को ठूलो दल भएर पनि नेपाली कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्न सकेन । कांग्रेस एक भएर चुनावमा होमिँदा पनि आफ्नो पक्षमा परिणाम आउन नसक्नुलाई गम्भीर समीक्षा गरेर अगाडि बढ्न जरुरी छ ।

मधेशमा भुइँमान्छेका समस्या 

नेपाल संघीय गणतान्त्रिक प्रणालीमा प्रवेश गरेपछि देशकै इतिहासमा पहिलो पटक निर्वाचित प्रदेश सरकारहरू गठन भई क्रियाशील रहेका छन् । संघमा गठबन्धन परिवर्तन हुनासाथ प्रदेश सरकार पनि संकटमा पर्ने गरेका छन् । मधेश प्रदेश सरकार पनि त्यसको अपवाद छैन । सरकारहरू बारम्बार बन्ने र ढल्ने प्रक्रियाप्रति नै सञ्चारमाध्यमहरूको ध्यान जाने गरेको छ । तर, आम जनसमुदायका दैनिक समस्याबारेमा चाहिँ खासै चर्चा हुने गरेको देखिँदैन । 

नारी दिवसको सन्देश

नेपालमा पुरुषको भन्दा बढी जनसंख्या भएर पनि हरेक क्षेत्रमा महिला सहभागिता र पहुँचको अवस्था दयनीय छ । संविधान २०७२ मा प्रस्टसँग महिलाको हकअधिकार प्रत्याभूत गरिए पनि राज्यको हरेक क्षेत्रमा महिला उपस्थिति न्यून हुनु दुर्भाग्य हो । अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा महिलाका विषयमा अहिलेसम्म के कति अधिकार स्थापित भए ? लेखाजोखा हुन जरुरी छ । 

आत्मरतिबाट बाहिर आओस् कांग्रेस

२०१५ सालको आम निर्वाचनपछि दुईतिहाइ बहुमतसाथ नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सरकारको नेतृत्व गरिरहेका बेला राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायती व्यवस्था लागू गरे । प्रजातन्त्रको हत्यासँगै जेल परेका बीपी २०२५ सालमा रिहाइपछि उपचार गर्न भन्दै भारत जानुभयो ।